November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट सेढाइँको उपचारका क्रममा निधन

1.6K

काठमाडौं। हेलिकप्टर दुर्घटनामा परी घाइते भएका मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो ।

पाइलट सेढाइँको उपचारकै क्रममा आज सोही अस्पतालमा निधन भएको मनाङ एयरले पुष्टि गरेको छ।

काठमाडौंको हेम्स अस्पतालमा लगिएको उनको उपचार हुन नसकेपछि सेढाइँलाई मुम्बई लगिएको थियो । अस्पतालका अनुसार सेढाइँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो ।

Advertisement

मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे गत असोज २७ गते शनिबार सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।हाइ अल्टोच्युटमा रहेको यात्रु लिन गएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।