October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

हमास-इजरायल द्धन्द: ४ नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

1.6K

काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव आइतबार नेपाल ल्याइने भएको छ । सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शज भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको तेलअविवस्थित नेपाली दूताबासले जनाएको छ ।

शव आइतबार काठमाडौं आइपुग्ने जनाइएको छ । दुतावासका अनुसारअन्य शव पहिचानको काम भइरहेको छ भने सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको छ ।

प्यालेस्टाइन र इजरायलबीचको द्धन्द्धमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका १० विद्यार्थीहरुको प्यालेस्टाइनी हमासको आक्रमणमा परी मृत्यु भएको हो ।

Advertisement

हमास समूहको आक्रमणपछि त्यहाँ रहेका विद्यार्थी लिन नेपालबाट नेपाल एयरलाइन्सको जहाज इजरायल पुगेको थियो । उक्त जहाजले २५० जना नेपालीलाई काठमाडौं ल्याएको थियो ।

लर्न एण्ड अर्न कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिमान्चल विश्वविद्यालयबाट ४९ जना इजरायलको विभिन्न क्षेत्रमा कार्यरत थिए । जसमध्ये हमासको आक्रमणबाट सुदरपश्चिमान्चल विश्वविद्यालयका १० जनाको निधन भएको छ । एकजना विध्यार्थी अझैं सम्पर्कवीहिन छन् भने ४ जना घाइते भएका छन् ।