April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव इजरायल सरकारले नै पठाउने

1.1K

काठमाडौं। इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव इजरायल सरकारले नै नेपाल पठाउने भएको छ । शव पठाउदा लाग्ने सम्पूर्ण खर्च इजरायल सरकारले नै बेहोर्ने भएको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सबै प्रकृया पुरा गरेर नेपाल पठाउने तर कति समयमा नेपाल पठाउने भन्ने यकिन भने भएको छैन् ।

यसअघि शुक्रबार राति २५४ जना नेपाली विद्यार्थीको उद्धार गरिएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायल पुगेका थिए ।

Advertisement