December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

इजरायलबाट २५३ नेपाली विद्यार्थी नेपाल आइपुगे, शव आउन समय लाग्ने

825

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच भएको द्धन्द्धका कारण इजरेलमा अलपत्र परेका नेपाली विद्यार्थीलाई तेल अभिभबाट काठमाण्डू ल्याइएको छ । नेपाल वायु सेवा निगमको चार्टर गरिएको विमानमा २५३ नेपाली विद्यार्थीलाई नेपाल ल्याइएको हो ।

निगमका अपरेशन निर्देशक वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वको चालकदल रहेको उक्त विमानमा उद्धार कार्यको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गरेका थिए । उक्त विमान राति २ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । स्वदेश फर्कन चाहने अन्यलाई पनि चाँडै ल्याउने पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत शनिवार हमासले इजरेलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीसहित सयौँ जनाको ज्यान गएको थियो ।उक्त घटनामा थप चारजना घाइते भएका र एकजना बेपत्ता भएका छन् । बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको उनीहरूले बताएका छन् ।

Advertisement

इजरेलमा निधन भएका नेपालीहरूको शव भने ल्याउन केही समय लाग्ने इजरेलस्थित नेपाली राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार इजरायली निकायले नेपालीलाई शव हस्तान्तरण गर्न पनि केही प्रक्रिया पूरा गर्न बाँकी नै रहेको छ ।

पत्रकार सम्मेलन गर्दै परराष्ट्रकी प्रवक्ताले इजरायलले आफू युद्धमा रहेको घोषणा गरेकाले शव हस्तान्तरणसम्बन्धी प्रक्रियाहरू पूरा गर्न केही दिन लाग्न सक्ने जानकारी दिएकी थिइन् ।