काठमाडौं । प्यालेस्टाइन र इजरायलको युद्धमा परी मृत्यु हुने नेपाली विद्यार्थीको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ । आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० जना विद्यार्थीहरुको सम्झनामा कृषि विद्यार्थी समूहले माईतीघर मण्डलामा दीप प्रजव्लन गरेका हुन् ।
नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि स्नातक अध्ययनका लागि इजरायल गएका १० विद्यार्थीहरुको प्यालेस्टाइनी बिद्रोही समूहको आक्रमणमा परी मृत्यु भएको छ । उनीहरुको सम्झनामा मंगलबार साँझ माईतीघर मण्डलामा दिप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रम गर्दै विद्यार्थी समूहले हमासको आक्रमणविरुद्ध इजरायलले युद्धको घोषणा गरेको र चारै तर्फबाट अतिवादी समूहको आक्रमण सुरु भएको अवस्थामा सम्पूर्ण कृषिका स्नातक र अन्य नेपालीहरुपनि शसंकित बनेको जनाएका छन् ।
अर्न एण्ड लर्न कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिमान्चल विश्वविद्यालयबाट ४९ जना इजरायलको विभिन्न क्षेत्रमा कार्यरत थिए । जसमध्ये हमासको आक्रमणबाट सुदरपश्चिमान्चल विश्वविद्यालयका १० जनाको निधन भएको छ । एक जना विध्यार्थी अहिले सम्म वेपत्ता छन् भने घाइते विद्यार्थीहरुको अवस्था पनि दर्दानक छ ।