April 20, 2026, Monday
२०८३ बैशाख ७
1:37:26 pm

इजरायल युद्धमा परेका नेपालीहरूको उद्धार गर्न सहयोग गर्ने जनसम्पर्क समिति यूकेको प्रतिवद्धता

2.8K

लन्डन । जनसम्पर्क समिति यूकेले प्यालेस्टाइन र इजरायलको युद्धमा परेकाहरूको उद्धार गर्नका लागि सहयोग गर्ने जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै समितिले सहयोग गर्ने प्रतिवद्धता गरेको हो ।

सभापति युवराज गुरुङद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ज्यान गुमाउनु हुने सम्पूर्ण नेपालीहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यो दुःखद घड़ीमा शोकाकुल परिवारजनमा गÞहिरो समबेदना प्रकट गर्दछु । साथै घाइतेहरुप्रति सिघ्र स्वास्थ लाभको कामना गर्दै नेपाली जनसम्पर्क समिति युकेले यो कठिन परिस्थितिमा उद्धारको लागि जनसम्पर्क समिति इजÞराइलसँग सम्पर्क गरी सक्दो सहयोगको प्रति बद्धता गर्दछु ।’

समितिले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुको तत्काल उद्धारको प्रबन्ध मिलाई सुरक्षीत क्षेत्रमा व्यवस्थापन गर्न पनि नेपाल सरकारसँग अनुरोध गरेका थियो ।

Advertisement