काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि बंकरहरुमा भएका नेपाली नागरिक (विद्यार्थी समेत) हरुको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका छिन् । उनीहरुलाई नेपाल ल्याउने व्यवस्था गर्ने विषयमा रातदिन अवस्थाको जानकारी लिन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले त्यहाँको अवस्था बुझ्न निर्देशन दिएका छन् । घाइतेको उपचार, हराएकाको खोजी, घटनामा परि निधन हुनु भएकाहरुको शवको पहिचान र नेपाल ल्याउन पहल गर्न निर्देशन दिएका हुन् ।
इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा र्यापिड एक्सन टोली गठन गरिएको पनि बताइएको छ । हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बंकरको विद्यार्थीलाई निकाल्न केही ढिलाई भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।