December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

795

काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको हाङचउमा शनिबार भएको द्विपक्षीय वार्तामा चिनियाँ राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई चीनले अति महत्व दिएको बताए ।

नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेको राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बताएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले एक्समा लेखेका छन्, ‘सीले चीन–नेपालको सम्बन्धलाई अति महत्व दिएको जोड दिनुभयो र द्विपक्षीय सम्बन्धमा निरन्तर नयाँ प्रगति प्रवर्द्धन गर्नका लागि विकासको रणनीतिमा जोड्ने कार्यलाई सशक्त बनाउन चाहेको बताउनु भएको छ ।’

Advertisement

प्रधानन्त्री प्रचण्ड १९ औं खेलकुदमा सहभागी हुन शनिबार हाङचउ पुगेका छन् ।