March 31, 2025, Monday
२०८१ चैत्र १८
1:37:26 pm

परराष्ट्रमन्त्री राणा र मोल्डोभाका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

590

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र मोल्डोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइबीच भेटवार्ता भएको छ । भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका अवसरमा दुई नेताबीच भेटवार्ता भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा नेपाल मोल्डोभा सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको छ । परराष्ट्रमन्त्री राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै मिलेर समस्या समाधानका लागि जोड दिएकी थिइन् ।

सन् २०२६ पछि विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपालले तयारी गरिरहेको र त्यसपछि नेपाललाई आवश्यक पर्ने सहायताका बारेमा पनि उनले जानकारी दिएकी थिइन् ।

Advertisement