November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्रीको अमेरिका भ्रमण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने कुरामा केन्द्रित हुन्छ: प्रवक्ता सापकोटा

1.4K

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा केन्द्रित रहने बताएका छन् । शान्ति प्रक्रिया एक हिसावमा सफल भइसके पनि निष्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गरे ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाउनुको विकल्प नरहेको बताएका छन् ।. शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताए । शान्ति प्रक्रिया एक हिसावमा सफल भइसके पनि निष्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको सापकोटाको भनाइ थियो ।

Advertisement

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा सापकोटाले भने, ‘भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुंगोमा पुरयाउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया शुरु भइसकेपछि चारवटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो । तर फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो, अरु काम भइसके । तर पनि यसलाई निष्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न बाँकी छ । त्यो घोषणा गर्न नदिन विभिन्न खेलहरु भइरहेका छन् । विभिन्न समस्या आइरहेका छन् । यसलाई निष्कर्षमा पुर्याउन मुख्य राष्ट्रिय परिस्थिति नै अनुकुल बनाउनुपर्छ । त्यसमा अन्तर्राष्ट्रिय समुदायको पनि धेरै महत्वपूर्ण भूमिका हुन्छ । यसकारण उहाँले यहाँ गर्नुपर्ने कामको प्रतिवद्धता जनाउनुहुनेछ ।’

अमेरिका भ्रमणमा प्रधानमन्त्रीले मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौँ भनेर विश्व समुदायलाई अपिल गर्ने काम मुख्य प्राथमिकतामा रहेको सापकोटाको भनाइ छ । उनले शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताए ।

खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको उनको भनाई छ ।