November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

1.5K

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, गृहमन्त्रालय लगायत विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको समेत जानकारी गराएका थिए ।

Advertisement