November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ब्युटिसियन संघ काठमाडौ महानगर कमिटीको अध्यक्षमा मेनुका सुबेदी निर्वाचित

4.8K

काठमाडौं । नेपाल ब्युटिसियन संघ, काठमाडौ महानगर कमिटीको अध्यक्षमा मेनुका सुबेदी सर्वसम्मत निर्वाचित भएकी छन् । नेपाल ब्युटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काको प्रमुख आतिथ्यतामा शुक्रबार बानेश्वरमा सम्मन्न काठमाडौ महानगरपालिका स्तरीय अधिवेशनबाट सौन्दर्य व्यवसायी सुबेदीको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको हो ।

‘आइ.टी.सी. व्युटिसियन ट्रेनिङ स्कूल तथा भेनस इन्टरनेश्नल ब्युटी एकाडेमी’की सञ्चालिकासमेत रहेकी मेनुका सुबेदीको अध्यक्षतामा निर्वाचित समितिमा उपाध्यक्ष प्रिया थापा, सचिव शारिका गिरी, सह सचिव प्रतिमा भट्टराई, कोषध्यक्ष सानू कुँवर, सह–कोषाध्यक्ष मिना लामा लगायत अन्य सदस्यहरू रहेका छन् ।

कार्यक्रम उदघाट्न समारोहमा बोल्दै प्रमुख अतिथि भगवती खड्काले राज्यबाट यस व्यवसायको उचित मूल्याङ्न गरिनुपर्ने बताइन् । उनले भनिन्, “ब्युटिसियन व्यवसायले लाखौ महिलाहरूलाई आत्म–निर्भर तथा आर्थिक रूपमा सबल बनाउनुका साथै उल्लेखनीय रूपमा कर तिर्दै आएकोले राज्यले यो व्यवसायलाई उचित मूल्याङ्न गर्नु पर्दछ ।” मन्तव्यको क्रममा खड्काले सौन्दर्य कला व्यवसायलाई थप मर्यादित एवं विश्वसनीय बनाउन उच्च व्यावसायिकता एवं स्तरीय तालिमलाई जोड दिनुपर्ने धारणा पनि व्यक्त गरेकी थिइन् ।

Advertisement

नेपाल ब्युटिसियन संघ, काठमाडौ जिल्ला कार्यसमिति अध्यक्ष कविता शाहीको सभापतिपत्वमा सम्पन्न कार्यक्रममा ट्रेड युनियन महासंघ, काठमाडौ जिल्ला निवर्तमान उपाध्यक्ष अनु शर्मा, नेपाल ब्युटिसियन संघ केन्द्रीय सदस्य शशी शाह, बृन्जु शाह लगायतको उपस्थिति रहेको थियो ।