April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द

1.3K

काठमाडौं । दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । सरकारले असोज ३ अर्थात् संविधान दिवसको अवसरमा नारायणहिटी दरबारअगाडि सांगीतिक कार्यक्रम गर्ने भएको हुँदा सोही प्रयोजनका लागि उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको हो ।

प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

सरकारले बिहीबार संविधान दिवसको मूल समारोह भने सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्नेछ ।

Advertisement