November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

टर्कीमा पुग्यो चिनियाँ खोप

3.6K

एजेन्सी- पहिलो चरणको कोरोना भाइरसविरुद्धको चिनियाँ खोप टर्कीमा पुगेसँगै सर्वसाधारणलाई लगाउने तयारी भएको छ ।

चीनमा विकास गरिएको सिनोभ्याक ३० लाख मात्रा टर्कीको राजधानी अङ्करामा ल्याइएको अधिकारीहरूले जानकारी दिएका छन् ।

आधारभूत प्रक्रिया पूरा गरेपछि सो खोप आम नागरिकलाई लगाइदिने सरकारको योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्वीटर मार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै जनताले पाउने जानकारी दिए ।