November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाको खोप

4.3K

काठमाडौं – भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी र  नेपालका लागि भारतका महामहिम राजदूतको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरी भारतले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको हो।

औषधि व्यवस्था विभागले अघिल्लो साता भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड एष्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।

भारतमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई प्रयोगको अनुमति दिइएको छ।

Advertisement