April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आजदेखि सासंदहरुलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

2.4K

काठमाडौं– प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारीलगायतलाई आज (शुक्रबार)देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै छ।

संघीय संसद सचिवालयले सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाले आजदेखि खोप लगाइने जनाएको हो। 

आजदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ।

Advertisement

सभामुख, अध्यक्ष, उपाध्यक्षलगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यलाई  अन्तर्राट्रिय सम्मेलन केन्द्रमा खोप लगाइनेछ। 

तीन दिनभित्र नै अन्तर्राष्ट्रिय  सम्मेलन केन्द्रका कर्मचारीहरु, स्वकीय सचिवलगायत कर्मचारी, मर्यादापालक तथा सुरक्षासँग सम्बन्धित सबै कर्मचारी र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने जनाएको छ।

खोप लगाउन जाँदा कोभिसिल्ड खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा साथमा लैजान सचिवालयले आग्रह गरेको छ। 

फागुन २३ गते पहिलो खोपको पहिलो मात्रा ६५ वर्षमाथिका व्यक्तिलाइ तत्काल दोस्रो मात्रा दिन नसकिने स्वास्थ्य मन्त्रलायले जनाएको छ। ६५ वर्षभन्दा माथिका व्यक्ति झण्डै १० लाख रहेको मन्त्रालयको भनाइ छ।

सरकारले जेठ २ गतेदेखि काठमाडौँ उपत्यका सहित देशका ७ जिल्लामा लगाइएको भेरोसेलको दोस्रो मात्रा पनि लगाउन कार्यतालिका सार्वजनिक गरिसकेको छ। खोपको पहिलो मात्रा लगाइएको ४ हप्तापछि भेरोसेलको दोस्रो मात्रा लगाइँदै छ।