April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मोरङ– ३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिश

2.3K

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ–३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिश गरेको छ । राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रत्यक्षतर्फ थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।

पार्टीले थापा र अधिकारीको नाम सिफारिस गरेको र उनीहरू तालमेल भए पनि नभए पनि चुनाव लड्ने बताइएको छ ।

मोरङ–३ बाट अघिल्लो चुनावमा एमाले नेता भानुभक्त ढकालले जितेका थिए । मोरङको बेलबारी नगर, सुन्दर हरैंचा नगर, कानेपोखरी गाउँपालिका, पथरी शनिश्चरे नगरका केही भाग यो चुनावी क्षेत्रमा पर्छन् । राप्रपाको महाधिवेशनमा महामन्त्रीका लागि लडेकी तर नेतृ कुन्ती शाहीसँग पराजित भएकी थापाले यस क्षेत्रबाट चुनाव लड्ने भएकी छन् ।

Advertisement