काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह नर्भिक अस्पतालले बनाएको अवैध निर्माण भत्काउने निर्णयबाट पछि हटेका छन् । अस्पताल प्रशासन र मेयर बालेन साहबीच मौखिक सहमति भएपछि अवैध निर्माण हटाउने निर्णयबाट महानगर पछि सरेको हो ।
इन्जिनियरहरूले त्यहाँ भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे प्रतिवेदन बुझाउने र सोही आधारमा अर्को कदम चालिने सहमति भएको छ ।
अस्पतालले बिरामीको उपचारका लागि चाहिने अत्यावश्यक र संवेदनशील सामग्री राखिएको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने जनाएपछि टहरा तत्काल नभत्काइने भएको हो ।