काठमाडौं । गैर-आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सल्यानमा प्रसूति गृह तथा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गरिदिएको छ । ‘वान एनसीसी वान च्यारिटी’ अन्तर्गत कुमाख गाउँपालिका-१ टाट्के चौरमा प्रसूति सेवाका लागि भवन निर्माण गरिदिएको हो ।
उक्त भवन एनआरएनए अमेरिकाले गाउँपालिकालाई हस्तानतरण गरेको छ । अब प्रस्तूति सेवा तथा स्वास्थ्य केन्द्र व्यवस्थापन गाउँपालिकाले गर्नेछ भने चौरजहारी अस्पतालले अनुगमन गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिनेछ । भवनका लागि सीता राना र दले रानाले पाँच रोपनी जग्गा दान गरेका थिए ।
भवन हस्तान्तरणका साथ एनआरएनए अमेरिकाले उक्त प्रसूति गृहमा स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो । शिविरमा गर्भवती महिलाले सेवा लिएको र मातृशिशु मृत्युदरमा कमी आउने विश्वास एनआरएनए अमेरिकाको छ ।