April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग्गिएका उद्धव र चन्द्रबहादुर लिङ्देन नेतृत्वको राप्रपामा

1.7K

काठमाडौं । उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग भएका उनीहरुलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका छन् ।

महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि राप्रपा नेपाल व्युँताएका थापालाई साथ दिएका पौडेल र गुरुङल गत वैशाखमा राप्रपा नेपालबाट अलग भएका थिए । कमल थापाले राजसंस्था नबोक्ने निर्णय गरेपछि र स्थानीय चुनावमा एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल र गुरुङ असन्तुष्ट थिए ।

पौडेल राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष र गुरुङ केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा थिए ।

Advertisement

राप्रपामा उनीहरुलाई के जिम्मेवारी दिने भन्ने टुंगो लागिसकेको छैन । तर अध्यक्ष लिङ्देनले उचित जिम्मेवारी दिने बताएको उनी निकट स्रोतले बताएको छ ।