बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्र लिङदेन निर्वाचित भएका छन् । राप्रपाले उपाध्यक्ष लक्ष्मीदेवी मैनालीसहित बहुमत सदस्य जितेको हो । अध्यक्षमा निर्वाचित रविन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका माइला भाइ हुन् ।
लिङ्देनले एमालेका डम्बरबहादुर गिरीलाई २ हजार एक सय ९० को मतान्तरले पराजित गरेका हुन् । हल्दिबारीको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित लिङ्देनले ६ हजार ८ सय ५६ मत पाएका छन् । यस्तै, एमालेका गिरीले ४ हजार ६ सय ६६ मत पाए । गिरी हल्दिबारीका निवर्तमान उपाध्यक्ष हुन् ।
गाउँपालिका उपाध्यक्ष निर्वाचित राप्रपाकी मैनालीले ५ हजार ७८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतमले ४ हजार १ सय ६ मत मात्र प्राप्त गरिन् ।