काठमाडौं । काठमाडौंको अनामनगरमा एक्कासी गुडिरहेको बसमा आगलागी भएको छ । शुक्रबार बिहान बा ५ ख ११७५ नम्बरको बसको एक भागमा एक्कासी आगो लागेको थियो ।
प्रहरीका अनुसार नजिकै रहेका ट्राफिक प्रहरी र गाडीका चालक, सहचालकले पसलबाट फायर एक्सिटिङ्ग्विसर ल्याएर आगो नियन्त्रणमा लिएको थियो ।
आगो लागेपछि गाडीभित्र रहेका यात्रुहरु बाहिर निस्किएका थिए भने
समयमै ट्राफिक प्रहरी पुगेकाले कुनै अप्रिय घटना हुन नपाएको प्रहरीले जनाएको छ ।