April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

गोरखाको तान्द्राङमा बस दुर्घटना, २५ जना घाइते, ५ को अवस्था गम्भीर

3K

काठमाडौं–गोरखाको तान्द्राङमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। काठमाडौंबाट आरूघाट गाउँपालिकाको सोती जादै गरेको दरौंदी यातायात प्रालिको ग १ ख ९४४६ नम्बरको बस भीमसेन थापा गाउँपालिका ३ तान्द्राङको सिमलाफेदनजिकै बिहान साढे ४ बजे दुर्घटना भएको हो।

बस सडकबाट करिब २० मिटर तल खसेको छ। बसमा ३५ जना सवार थिए। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । तीमध्ये ३ जनालाई उपचारका लागि काठमाडौं पठाइको छ भने २ जनालाई गोरखा अस्पताल लगिएको छ। घाइते सवैको टाउको र छातीमा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनामा धार्चे गाउँपालिका–६ का ५० वर्षीय सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ वर्षीय उत्तम पुडासैनी, ३० वर्षीय मनोज पुडासैनी, २९ वर्षीय उज्वल पुडासैनी र धार्चे गाउँपालिका केरौजाकी ३२ वर्षीया कान्छी गुरुङ गम्भीर घाइते भएका छन्।

Advertisement