April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कीर्तिपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

4.5K

काठमाडौँ – काठमाडौँ कीर्तिपुर नगरपालिका-६ चोभारमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति सवा ९ बजे बल्खुबाट चोभार जाँदै गरेकाे बा ४ ख ४५६५ नम्बरको टिप्पर र स १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलका चालक खोटाङका २४ वर्षका सरोज राईको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्पर चालकलाई प्रहरी पक्राउ गरेको छ ।

Advertisement