काठमाडौं । इसाई धर्मावलम्बीहरुको चाड क्रिसमस डेको अवसरमा सरकारले शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका हुन् ।
क्रिश्चियनहरुले हरेक वर्षको डिसेम्बर २५ तारिखका दिन क्रिसमस धुमधामसँग मनाउने गर्छन् ।