April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

क्रिसमस पर्वका अवसरमा प्रधानमन्त्री देउवाको शुभकामना

4.7K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरूमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्त्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एकआपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरका छन् ।

त्यस्तैगरी प्रधानमन्त्री देउवाले कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका प्रयास प्रभावकारी देखिए पनि यसको नयाँ स्वरूप ओमिक्रोन संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक यो पर्व मनाउन सबैमा अनुरोध गरेका छन् ।

Advertisement

क्रिसमस जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरूले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाउने गर्छन् ।