दोलखा – जिल्लाको बिगु गाउँपालिका-५ चिलङ्खामा आज बिहान बोलेरो गाडी (जिप) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो।
बिहान करिब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा वा२०च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गाडीमा सवार चालक तामाङको घटनास्थलमै मृत्यु भएको र बिगु– ५ का २२ वर्षीया कमला तामाङ घाइते भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए।
गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो। घाइते तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रहरीले जनाएको छ।