लण्डन। नेपाल पत्रकार महासंघ बेलायत (एफएनजे युके) शाखाको पाँचौँ अधिवेसनबाट नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा घोषणा सभा आइतबार भर्चुअल रुपमा सम्पन्न भएको छ। एफएनजे युकेका नव निर्वाचित अध्यक्ष बिपिन निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २०२१ देखि २०२४ सम्मका लागि ३–बर्षे कार्यकालका लागि विभिन्न प्रतिबद्धता ब्यक्त भएका छन्।
नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिका अध्यक्ष विपुल पोखरेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा महासंघकै पूर्व केन्द््रीय अध्यक्षद्वय तारानाथ दाहाल र धर्मेन्द्र झाले समेत नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। सूचना आयोगका पुर्व आयुक्त किरण पोखरेलले समेत सम्बोधन गरेको उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका तर्फबाट बरिष्ठ उपाध्यक्ष दीपक आचार्य , पूर्व उपाध्यक्ष दामोदर दवाडी , महासचिव अजय बाबु सिवाकोटीले पनि बधाई तथा शुभकामना ब्यक्त गरे।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिबाट सदस्यहरु रमेश खतिवडा, सरिता तिम्सिना पंगेनी र ललिता शाह , लेखा समिति सदस्य देवी सापकोटा तथा बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको समेत उपस्थिति रहेको थियो। उनीहरुले महासंघको विधान बमोजिम निरौलाको कार्यसमितिलाई केन्द्रले मान्यता दिने र सोको लागि जोडदार आवाज उठाउने प्रतिबद्धता समेत ब्यक्त गरे।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय संगठन बिभाग सदस्य ओम शर्माले नवनिर्वाचित कार्यसमितिको नामावली पढेर सुनाएका थिए साथै बेल्जियम शाखाका अध्यक्ष समेत रहेका उनले हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरे। त्यसैगरी महासंघकै युरोप शाखाका अध्यक्ष सरस्वती कार्की तथा बरिष्ठ उपाध्यक्ष महेश खातीले समेत शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ युके पाँचौ अधिवेशनका लागि केन्द्रिय प्रतिनिधि भगीरथ योगीले कार्यक्रम अघि नै शुभकामना ब्यक्त गरेका थिए। नेपाल पत्रकार महासंघ युके निवर्तमान वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले गत आइतबार सम्पन पोस्टल भोटिंगमा भएको धाँधलीबारे प्रस्ट पारेका थिए।
बेलायतस्थित नेपाली राजनीतिक पार्टी निकट संस्थाहरु नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति युकेका कार्यवाहक अध्यक्ष महेश दाहाल , नेकपा (एमाले) निकटसंस्थाहरु क्रमश प्रवासी नेपाली मंच युके अध्यक्ष राजेन्द्र पुडासैनी तथा प्रवासी नेपाली एकता मंच युके महासचिव सरेश जंग शाह, नेकपा (माओवादी) निकट जनप्रगतिशील मंच युके अध्यक्ष सुरेश गौतमले समेत सफलता एबम शुभकामना ब्यक्त गरेका थिए।
सामाजिक अभियन्ता शेर सुनार ,नेपाल मगर संघका महासचिप रुद्र थापाले समेत शुभकामना ब्यक्त गरेको सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युकेका नवनिर्वाचित अध्यक्ष कर्मा पहाडी शेर्पाले शुभकामना एवं धन्यवाद ब्यक्त गरेका थिए। नेपाल पत्रकार महासंघ यूकेका महासचिव समेत रहेका शेर्पाले महासंघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष एवं निवर्तमान महासचिव संजयभक्त कँडेललार्इ सफलतापुर्बक सभा संचालन गरेकोमा समेत धन्यबाद ब्यक्त गरे।
महासंघका नवनिर्वाचित उपाध्यक्ष एभरेस्ट गौतमले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यसमितिका सदस्य खुशी लिम्बुले समेत सम्बोधन गरेका थिए। कार्यसमितिका अन्य नवनिर्वाचितहरुमा महिला उपाध्यक्षमा बिमला लिम्बु , सचिब सिर्जना निङ्लेकु , कोषाध्यक्ष मनी सुबेदी र सदस्यहरु मन्दिप केसी तथा जिबन गाउँले रहेका छन्।
लुइँटेल र डा. कार्की सल्लाहकार मनोनयन
यसैबीच कार्यक्रम पश्चात अध्यक्ष निरौलाको अध्यक्षतामा बसेको कार्यसमितिको पहिलो बैठकले विभिन्न प्रतिबध्दता र निर्णयहरु गरेको छ। शाखाको सल्लाहकारमा निबर्तमान बरिष्ठ उपाध्यक्ष श्याम लुईटेल र निबर्तमान सचिब डा. जगन कार्कीलाइ मनोनयन गरेको छ। साथै बाँी सल्लाहकार र कार्यसमिति सदस्यहरुको मनोनयन चाडै गरिने भएको छ। शाखाको अधिवेशन र कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै संघ–संस्था तथा सहयोगीहरुलाई धन्यवाद ब्यक्त गरेको छ। साथै छुटेका सकृय पत्रकारहरुलाई नयाँ सदस्यता दिलाउनको लागि केन्द्रमा पठाउने निर्णय समेत गरेको छ।
उक्त प्रतिवद्दताहरु यस प्रकार छन्ः