April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पत्रकार महासंघ यूकेद्धारा पत्रकारहरुको पुर्नवाहालीको माग

5.5K

लण्डन । नेपाल पत्रकार महासंघ यूकेले कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक र बिनाकारण कामवाट निश्कासन गरिएकी दिपा दाहाल लगायतका पत्रकारहरुको पुर्नवाहालीको माग गरेको छ ।

गत अप्रिल १८ का दिन शाखाका अध्यक्ष विपिन निरौलाले सोमवार एक विज्ञप्ति जारी गर्दै कान्तिपुर जस्तो देशकै प्रतिष्ठित संचार गृहले पत्रकारलाई सफाइको समेत मौका नदिएर निष्काशन गर्नु खेदजनक रहेको बताएका छन् ।

सम्बन्धित माग पुरा गर्न नेपाल पत्रकार महासंघले सुरु गरेको चरणवद्ध संर्घषको नेपाल पत्रकार महासंघ यूके शाखाले एक्येवद्धता जाहेर गरेको छ ।

Advertisement

प्रशासनको मोनोपोलीले व्यक्तिगत इगो साच्न पूर्वाग्रही भएर विनाकारण पत्रकारहरुलाई संचार गृहद्धारा हटाइनु नेपालको श्रम ऐन विपरित समेत रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा न्युनतम तलव समेत नदिने संचार गृहको पछिल्लो निर्णयले विश्वभर छरिएका पत्रकारहरुको मनमा चोट पुगेको भन्दै पिडित पत्रकारहरुको पक्षमा उभिन विश्वभरका पत्रकारहरुलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा पत्रकार र संचार गृहबीच तत्काल वार्ता गरी समस्याको समाधान निकाल्न आग्रह गर्दै अन्यथा पत्रकारहरुको मागलाई अन्तराष्ट्रिय फोरमहरुमा समेत उठाउने चेतावनी दिइएको छ । शाखाले नेपाल सरकारलाई समेत तत्काल पत्रकारहरुको पक्षमा आफ्ना धारणा सार्वजनिक गर्न अनुरोध गरेको छ ।

प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ यूके कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण र बिनाकारण कामवाट निश्कासन गरिएकी दिपा दाहाल लगायतको पूर्नवाहालीको माग गर्दछ। कान्तिपुर जस्तो देशकै प्रतिष्ठित संचार गृहले पत्रकारलाई सफाइको समेत मौका नदिएर निष्काशन गर्नु खेदजनक रहेको छ।

आजै देखि ती माग पुरा गर्न नेपाल पत्रकार महासंघले शुरु गरेको चरणवद्ध संर्घषको नेपाल पत्रकार महासंघ यूके शाखा समेत एक्येवद्धता जाहेर गर्दछ।

प्रशासनको मनोपलिले व्यक्तिगत इगो साच्न पूर्वाग्रही भएर विनाकारण पत्रकारहरुलाई संचार गृहले हटाइनु नेपालको श्रम ऐन विपरित समेत रहेको छ ।

न्युनतम तलव समेत नदिने संचार गृहको पछिल्लो निर्णयले विश्वभर छरिएका पत्रकारहरुको मनमा चोट पुगेको भन्दै पिडित पत्रकारहरुको पक्षमा उभिन विश्वभरका पत्रकारहरुलाई आग्रह गर्दछौ।

पत्रकार र संचार गृहबीच तत्काल वार्ता गरि समस्याको समाधान निकाल्न आग्रह गर्दछौ , अन्यथा पत्रकारहरुको मागलाई अन्तराष्ट्रिय फोरमहरुमा समेत उठाउने छौ। नेपाल सरकारलाई समेत तत्काल पत्रकारहरुको पक्षमा आफ्ना धारणा सार्वजनिक गर्न अनुरोध छ ।

बिपिन निरौला
अध्यक्ष
नेपाल पत्रकार महासंघ युके

मितिः १८ अप्रिल २०२२