November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हेटौंडामा ट्रक र बस ठोक्किँदा १८ जना घाइते

7.5K

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ट्रक र बस आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।

हेटौंडाबाट चितवनतर्फ गई रहेको ना ५ ख ४१४६ नम्बरको ट्रक र हेटौंडा हुँदै गौर जाँदै रेको ना ७ ख ९१४० नम्बरको बस आपसमा ठोक्किएका हुन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

घाइतेहरुको अहिले हेटौंडाको चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।  

Advertisement