November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दोलखामा सवारी दुर्घटना हुँदा चारको मृत्यु, १७ घाइते

3.5K

काठमाडौं–दोलखामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सोमबार राति भएको दुर्घटनामा परी अन्य १७ जना घाइते भएको दोलखा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए। 

सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको बिगु गाउँपालिका जाँदै गरेको बोलेरो सोमाबार राति करिब ११ बजेतिर दुर्घटनामा परेको उनले बताए।

Advertisement

घाइतेहरुको उद्धार गरी अस्पताल लैजाने क्रम जारी रहेको उनको भनाइ छ। घाइतेमध्ये पाँचकाे अवस्था गम्भीर रहेकाे काेइरालाले बताए।

सामान्य घाइतेको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको उनले बताए। गम्भीर घाइतेको थप उपचारका लागि काठमाडौं पठाइएको बताइएको छ।