April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

जङ्‍गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जले

6.2K

जाजरकोट- नलगाड नगरपालिका-८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नाैँधारी जङ्‍गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए।

उनका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका हुन्। घरभित्र रहेका लत्ताकपडा र पशुचौपायासमेत जलेका छन्।

गएराति भएको सो घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्‍न बाध्य भएको प्रहरीले जानकारी दिएको छ। नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्यधिक लाग्‍ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो।

Advertisement