April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि लम्की तनाबग्रस्त

6.4K

कैलाली- कैलालीमाबसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि आफन्तहरुले पूर्वपश्चिम राजमार्गको लम्की सडकखण्ड अबरुद्ध पार्नुका साथै ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा  पैदल यात्री सोही ठाउँका २२ बर्षीया कमला देवकोटाको मृत्यु भएको थियो। मृतकको शव ईलाका प्रहरी कार्यालय लम्कीको गेटमा राखेर आफन्त र स्थानीयले प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालयभित्र पसेर तोडफोड गर्नुका साथै डिउटीमा रहेका प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले केही सेल अश्रुग्यास र हवाइ फायर गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक हिक्मत थापाले प्रदर्शनकारीले लम्की चोकमा रहेको प्रहरी बिट जनाउनुका साथै ईलाका प्रहरी कार्यालयमै पसेर प्रहरीलाई लतार्दै लैजान थालेपछि हवाइ फायर गर्नु परेको बताए।  

अहिले लम्की क्षेत्र निकै तनावग्रस्त रहेको बताउँदै प्रहरी निरीक्षक थापाले स्थानीयले गरेको ढुंगामुढाबाट सशस्त्र प्रहरीका डिएसपी र केही प्रहरी समेत घाइते भएको बताए। उनले सो सडक खण्ड भएर चल्ने सम्पूर्ण सवारी साधनहरु अबरुद्ध भएको बताए।