दाङ – दाङमा ज्ञानज्योति बिहान पाँच बजे आसपासमा कलेजको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।दुर्घटनामा तुलसीपुर–१६ का अस्मिता बस्नेत र किरण चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो ।दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।