November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

6.3K

दाङ – दाङमा मंगलबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। प्रहरीका अनुसार दुर्घटनामा एक तीन वर्षीया बालिका र १७ वर्षीया किशोरीको ज्यान गएको हो।

घोराही उपमहानगरपालिका–६ मा रा १ ह २८२४ नम्बरको अटोले ठक्कर दिदाँ तीन वर्षीया बालिका आकांक्षा चौधरीको मृत्यु भएको छ। घर अगाडिको बाटोमा खेलिरहेकी चौधरीलाई अटोले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।

अटो चालक घोराही–६ बचाहका २७ वर्षीय कमल पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै कुलामा चिप्लिएर लड्दा तुलसीपुर उपमहानगरपालिका–४ बनहरीकी १७ वर्षीया सृजना बोहराको मृत्यु भएको छ।  

Advertisement

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार बिहान नुहाउन हिडेकी बोहरा घर नजिकैको कुलामा चिप्लिएर लडेपछि गम्भीर घाइते भएकी थिइन्। बोहोराको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।