धादिङ – पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० स्थित तिक्राङखानीबाट त्रिशुली नदीमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ।
रुपन्देहीबाट सिमेन्ट लोड गरी काठमाडौंतर्फ जाँदै गरेको लु १ ख ७७६२ नम्बरको ट्रक गएराति करिव एक बजेतिर त्रिशुली नदीमा किनारमा खसेको थियो। दुर्घटना परी चालक र सवारी धनी समेत रहेका सहचालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा ट्रकका चालक काभ्रे बनेपा नगरपालिका नालाका विष्णु घिमिरे र सहचालक एवं गाडीधनी सुमन सञ्जेलको ट्रकको क्याबिनमा थिचिएर मृत्यु भएको हो।




