काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु) को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । बैशाख १८ देखि २० गतेसम्म काठमाडौंमा भएको अधिवेशनले विष्णु लम्साल अध्यक्ष रहेको ६५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको छ ।
नवगठित कमिटीको उपाध्यक्षमा दिनेश कुमार राई, त्रिविक्रम ज्ञवाली, सुनिता थापा, चेत बहादुर सापकोटा, सुरेन्द्र राई, रामनरेश सिंह चयन भएका छन् । कमिटीको महासचिवमा दीपक कुमार पौडेल, उपमहासचिवहरुमा प्रेम बहादुर कार्की, मनोहरी शिवाकोटी, कुण्डल ब. खड्का, निलम ढुंगेल रहेका छन् ।
यस्तै कमिटीको सचिवहरूमा भैरवप्रसाद पाठक, दिनेश घिमिरे, खड्गबहादुर गिरी, उत्तर बहादुर खड्का, रवि के. सी., समर थापा, वेदप्रसाद हुमागाईँ, दिपेश थपलिया, रत्ना गिरी चयन भएका छन् ।
नवनिर्वाचित एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु) का पदाधिकारी तथा सदस्यहरूलाई बिहीबार पार्टीको निर्वाचन आयोगका प्रमुख माधव पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा पार्टीको श्रम रोजगार विभाग प्रमुख उर्वादत्त पन्त लगायत नेताहरूले शुभकामना मन्तव्य राखेका थिए ।