March 31, 2025, Monday
२०८१ चैत्र १८
1:37:26 pm

कुलमानलाई हटाएको विरोधमा बुधबार पनि प्रदर्शन

545

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर बुधबार पनि बिरोध प्रदर्शन भएको छ । विरोध गर्नेमा सत्तारुढ दल एवं प्रतिपक्षी दलका नेताहरुसमेत रहेका छन् ।

कुलमान हटाइएको विरोधमा सरकारविरुद्ध आज रत्नपार्कस्थित प्राधिकरणको कार्यालय अगाडि विभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा घिसिङका समर्थक र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई बर्खास्त गरेर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

Advertisement