बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट नभएको टिप्पणी गरेका छन् ।
बुधबार पाल्पामा माओवादी केन्द्र रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले ओली कम्युनिस्ट नभएकै कारणले कम्युनिस्ट पार्टीहरूसँग एकता गर्न नचाएको बताएका हुन् ।
उपमहासचिव पुनले ओलीले कम्युनिस्ट सरकार छोडेर गैरकम्युनिस्टको सरकार बनाउनु ठुलो गल्ती भएको बताए । ओली कम्युनिस्ट एकतालाई कमजोर बनाउने बाटोमा हिँडिरहेको उनको आरोप छ । उनले ओलीले स्वर्ग र नर्कको कुरा गरेर छक्काएर कांग्रेससँग गएको बताए ।