November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

काठमाडौंबाट भोजपुर जाँदै गरेको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

830

भक्तपुर । सिन्धुलीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको हो। 

प्रहरीका अनुसार काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। 

Advertisement

सोमबार दिउँसो करिब पौने ३ बजेतिर दुर्घटनामा परेको बसमा लगभग २५ जना सवार रहेको प्रहरीले जनाएको छ।

घाइते भएकाहरूलाई जिल्ला अस्पताल, कपिलाकोट र स्थानीय अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ।