March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

संखुवासभामा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किदा ११ जना घाइते

525

संखुवासभामा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किदा ११ जना घाइते भएका छन् । 

सोमबार राती कोशी राजमार्ग अन्तरर्गत खाँदबारी–तुम्लिङटार सडक खण्डमा दुई वटा भ्यान एक आपसमा ठोक्किंदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रहरीका अनुसार खाँदबारीदेखि तुम्लिङटार जाँदै गरेको को १ ज २३०३ नम्बरको भ्यान र तुम्लिङटारबाट खाँदबारीतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५७८२ नम्बरको विद्युतीय भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

Advertisement

दुर्घटनामा को १ ज २३०३ नम्बरको मारुती चालक भ्यान भोजपुरको षडानन्द नगरपालिका –८ का २९ बर्षीय रितेश श्रेष्ठ, षडानन्द नगपालिका–१२ का २८ बर्षीया मिना तामाङ, ४७ बर्षीय राम बहादुर विश्वकर्मा, ४६ बर्षीया हिरामाया विश्वकर्मा,२८ बर्षीय मोहन तामाङ, षडानन्द –१० का ५० बर्षीय राज कुमार राई घाइते भएका छन् ।

त्यसैगरी षडानन्द –२ कुदकाउलेका ७० बर्षीय मचिन्द्र विष्ट, संखुवासभाको खाँदबारी नगरपालिका– ३ मानेभञ्याङकी ६८ बर्षीय शान्ति घिमिरे घाइते भएका छन् ।

यस्तै, विद्युतीय भ्यान बा.प्र.०१–०३० च ५७८२ नम्बरमा सवार संखुवासभाको सभापोखरी गाउँपालिका –२ की २८ बर्षीया उर्मिला खनाल र उनका छोरा ५ बर्षीय उशल खनाल घाइते भएका छन् । घाइते मध्ये केही यात्रु गम्भीर घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विद्युतीय भ्यान चालक मकालु गाउँपालिका-७ का ४५ बर्षीय लाक्पा गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।