April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इलाममा सुहाङ नेम्बाङको शानदार विजय

1.2K

विरा । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् । मंगलबार विहान साढे ४ बजे जारी अन्तिम मतपरिणाम अनुसार २७ हजार ७ सय ७२ मत सहित सुहाङले करिब तीन दशक पुरानो विरासत जोगाएका हुन्। 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे। २०७९ को निर्वाचनमा सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका उनलाई यसपटक नेम्बाङ पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका छन् ।


इलाम-२ को अन्तिम परिणाम अनुसार स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू  थेगिम तेस्रो भएका छन् । उनले ११ हजार चार सय ५७ मत प्राप्त गरे भनेर रास्वपाका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका छन् ।

Advertisement

विजयी बनेपछि सुहाङ नेम्बाङले जितको सम्पूर्ण श्रेय मेरा इलामेली जनता र पार्टीलाई दिएका छन् । ,’ जितपछि मतदाताहरुलाई धन्यवाद दिँदै सुहाङले भने,‘पार्टीले अवसर र जनताले भोट नदिएको भए यो जित सम्भव थिएन ।’

२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको इलाम २ मा उपनिर्वाचन गरिएको हो ।