April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रतिनिधि सभा सदस्यमा आज शपथ लिँदै सुहाङ नेम्बाङमए

1.5K

काठमाडौं। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले आज शपथ ग्रहण गर्दै छन् ।

उनलाई आज बिहान ११ बजे सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने  छन् ।

नेम्बाङ गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।

Advertisement