November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन माओवादी पदाधिकारी बैठक बस्दै

२०८० फाल्गुन २७

1.3K

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । बैठक आज साँझ ५ बजे बस्नेगरी बोलाइएको छ ।

राष्ट्रिय सभाको अध्यक्षका लागि अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल, झक्कु सुवेदी र नारायण दाहाल आकांक्षी छन् । तर अध्यक्षको उम्मेदवार आजको पदाधिकारी बैठकले टुंगो लगाउने जनाइएको छ ।

हिजोको संसदीय दलको बैठकमा अधिकांश सांसदहरूले ६ वर्ष कार्यकाल भएको सदस्यलाई नै राष्ट्रिय सभाको अध्यक्षका उम्मेदवार बनाउनुपर्ने सुझाव दिएका थिए ।

Advertisement

बैठकमा अध्यक्ष प्रचण्डले सांसदहरूको सुझावअनुसार नै अघि बढ्ने जनाएका थिए ।