November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

इजरायलमा ज्यान गुमाएका तीनजना नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइयो

1.8K

काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका तीनजना नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ। नेपाली विद्यार्थीहरूको शवलाई परराष्ट्रमन्त्री एनपी साउद र नेपालस्थित इजरायली राजदूत ह्यानन गदरले श्रद्धाञ्जली अर्पण गरेका छन्।

लोकेन्द्रसिंह धामी, दीपेशराज विष्टको शव आइतबार बिहान आइपुगेको हो। नारायणप्रसाद न्यौपानेको शव मध्यराति नै काठमाडौं ल्याइएको थियो।

नेपाल आइपुगेकोमध्ये न्यौपानको शव शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। आशिष चौधरीको शव आइपुग्न बाँकी रहेको र चारै जनाको शव आइपुगेपछि त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

पोष्टमार्टमपछि चारै जनाको शव आजै धनगढी लैजाने तयारी गरिएको छ।