काठमाडौं । इजरायलमा प्यालेस्टानी हमास समूहको आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीमध्ये ५ को शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाएको छ । शव प्राप्त भएको इजरायलको तेल, अबिबस्थित नेपाली दूतावासले जनाएको छ ।
दुतावासका अनुसार नारायण प्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज बिष्ट र आशिष चौधरीको शव सबै प्रक्रिया पूरा गरेर बुझाएको हो ।
अन्य शव प्राप्त हुने क्रममा रहेको र सबै शव नेपाल पठाउनका लागि समन्वय गरिरहेको दूतावासले जनाएको छ ।
दुतावासले त्यहाँ बेपत्ता विपिन जोशीको खोजि कार्य पनि जारी रहेको बताएको छ । आक्रमणमा परी चार जना घाइते भएकामा एक जनालाई नेपाल फर्काइएको छ। एक जना त्यहाँस्थित दूतावासमा रहेको र दुई जना अस्पतालमा उपचाररत छन् ।