May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

नेपाली विद्यार्थीको उद्धार र स्वदेश फिर्ता गर्न परराष्ट्रमन्त्री साउद आफैं इजरायल जाने

1.1K

काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धार र स्वदेश फिर्ताको प्रबन्ध गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको हो ।

मन्त्रीसहितको टोली इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बुधबार राति नै तेलअभिभ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो ।

काठमाडौं–दुबई–तेलअभिभ फ्लाइट साढे ११ बजे हुनेछ । वाइडबडी ए३३० जहाजमा करिब साढे २ सय जना हाराहारी यात्रु काठमाडौं ल्याइने जनाइएको छ । त्यहाँ करिब ३ सय नेपालीले स्वेदश फर्किन अनलाईन आवेदन भरेका छन् ।

Advertisement

जहाज काठमाडौंबाट उडेको १५ घण्टामा काठमाडौं फिर्ता हुनेछ । नेपाल एयरलाइन्स स्रोतबाट प्राप्त प्रस्तावित उडान तालिका अनुसार यो जहाज स्थानीय समय अनुसार २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने छ ।