काठमाडौं । इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बुधबार राति तेलअभिभ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो ।
काठमाडौं–दुबई–तेलअभिभ फ्लाइट साढे ११ बजे हुनेछ । वाइडबडी ए३३० जहाजमा करिब साढे २ सय जना हाराहारी यात्रु काठमाडौं ल्याइने जनाइएको छ । त्यहाँ करिब ३ सय नेपालीले स्वेदश फर्किन अनलाईन आवेदन भरेका छन् ।
जहाज काठमाडौंबाट उडेको १५ घण्टामा काठमाडौं फिर्ता हुनेछ । नेपाल एयरलाइन्स स्रोतबाट प्राप्त प्रस्तावित उडान तालिका अनुसार यो जहाज स्थानीय समय अनुसार २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने छ ।
दुबईबाट स्थानीय समय अनुसार ४ बजेर ३० मिनेटमा उड्ने यो जहाज स्थानीय समय अनुसार राति १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।