February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

बंकरभित्र रहेका ३२ नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण, स्वदेश ल्याउने तयारी

995

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराएका छन्।उनले बंकरभित्र रहेका ३२ जना नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको र स्वदेश ल्याउने तयारी भइरहेको जानकारी दिए ।

हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। मृतकका शव नेपाल ल्याउन पहल भइरहेको पनि बताइएको छ ।

सरकारले इजरायलमा रहेका नेपाली केयर गिभर, विद्यार्थी लगायतलाई स्वदेश ल्याउने तयारी गरेको छ।

Advertisement

मृतकका परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको थियो। साथै मृतकको सम्मानमा सरकारले आज स्वदेश र विदेशस्थित कूटनीतिक नियोगहरूमा झण्डा आधा झुकाएको छ।