काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीहरूबारे निरन्तर अपडेट लिइरहेको बताएका छन् । सोमबार भर्चुअल माध्यमबाट संवाद गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।
प्रधानमत्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग संवाद गरेका हुन् । संवादको क्रममा उनले नेपालमा मन्त्रिपरिषददेखि सर्वदलीय बैठक बोलाएको बताए ।
प्रचण्डले भने, ‘हामी अस्तिदेखि नै लगातार लागिराखेका छौं । अहिले पनि यही विषयको लागि क्याबिनेट बैठक बोलाइएको छ । इरानी राजदुतावाससँग पनि लगातार कुरा भइरहेको छ ।’
विपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सबै त्यसको तयारी गरिरहेका छौं । सक्रियताका साथ तयारी गरिरहेका छौं ।’